मंगलबार, १२ असोज २०७८

माधव पक्षमा लागेका १८ सांसदको पद चैट् हुँदै : प्रतिनिधिसभामा माधवका जम्मा ३ सांसद मात्रै टिक्ने



काठमाडौं । माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका ४ सांसदको हस्ताक्षर सनाखत गर्न आयोगले अस्वीकार गरेको छ ।

सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा, माया ज्ञवाली र शारदादेवी भट्टको हस्ताक्षर दल दर्ताका लागि निवेदन दिँदाका बखत समावेश नभएको उल्लेख गर्दै निर्वाचन आयोगले सनाखत गर्न अस्वीकार गरिदिएको हो । यससँगै उनीहरू माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा जाँदा कायम भएको सांसद् पद चैट हुने खतरा बढेको छ ।

हस्ताक्षर गर्न नपाएकामध्ये पाण्डे माधव नेपालका सम्धी, थापा वामदेव गौतमकी पत्नी र ज्ञवाली मदन भण्डारीसँगै दासढुंगा दुर्घटनामा ज्यान गुमाएका एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी हुन् ।

दल विभाजनलाई खुकुलो बनाउन सरकारले ल्याएको अध्यादेशमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने उल्लेख भए पनि सङ्घीय सांसदको हकमा केही उल्लेख छैन ।

अध्यादेशमार्फत संशोधन गरिएको राजनीतिक दलसम्बन्धी ऐन, दफा ३३ को उपदफा २ (क) मा भनिएको छ-

उपदफा २ बमोजिम छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन ।
ऐन हेर्दा सङ्घीय सांसदको हकमा २१ दिने व्यवस्था लागू नहुने देखिन्छ, जसको अर्थ हस्ताक्षर सनाखत गराउन नपाएका ४ सांसद सांसदकै रूपमा नयाँ दलमा प्रवेश गर्न मिल्ने देखिन्न ।
सोमप्रसाद पाण्डेसहित ४ केन्द्रीय सदस्यले पनि एकीकृत समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गर्न पाएनन् ।
पाण्डेका अलावा केन्द्रीय सदस्यहरू रामपृत पासवान, राजन राई र विक्रम शाहीले हस्ताक्षर गर्न नपाए पनि तीनजना सहजै नयाँ दलमा जान पाउने छन् ।
जनप्रतिनिधि नरहेका नेताहरूको हकमा पार्टी रोज्न कुनै जटिलता छैन ।उता आज आयोगमा सनाखद् गरेका १४ जना सांसदलाई एमालेले यस अघि नै कारबाही गरिसकेको छ । एमालेले गरेको कारबाही सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरी रोकिराखेका छन् । एमालेले गरेको कारबाहीले मान्यता पाए ती १४ सांसदको पद पनि धरापमा पर्ने स्पष्ट छ । त्यसो भएमा माधवकुमार नेपालले दर्ता गरेको पार्टीमा जम्माजम्मी ११ जना मात्र सांसद रहने स्पष्ट हुन्छ । जसमध्येपनि ८ जना सांसद राष्ट्रिय सभाका हुन् अत : माधव नेपालसँग त्यतिखेर सघीय सभाको प्रतिनिधि सभामा जम्मा ३ जना मात्र सांसद बाँकी रहने देखिन्छ ।
दल दर्ता अघि नै एमालेले कार्वाही गरेका १४ सासंद
माधव नेपाल
जीवनराम श्रेष्ठ,
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
निरादेवी जैरु
पुष्पाकुमारी कणर्
सरला यादव
कलिला खातुन
विरोध खतिवडा
कृष्णलाल महर्जन
भवानी खापुङ
मेटमणी चौधरी
आयोगले सनाखद् गर्नै नमानेका ४ सांसद्
सोमप्रसाद पाण्डे
तुलसा थापा
माया ज्ञवाली
शारदादेवी भट्ट

हस्ताक्षर गर्ने सांसद

माधवकुमार नेपाल

मुकुन्द न्यौपाने

कल्याणीकुमारी खड्का

विरोध खतिवडा

जीवनराम श्रेष्ठ

रामकुमारी झाँक्री

निरादेवी जैरु

प्रेमबहादुर आले

मेटमणि चौधरी

सरला यादव

भवानी खापुङ

पुष्पाकुमारी कर्ण कायस्थ

समिना हुसेन

कृष्णलाल महर्जन

कृष्णकुमार श्रेष्ठ

कलिला खातुन

हिराचन्द्र केसी

धनबहादुर बुढा

गोपालबहादुर बम

पार्वतीकुमारी विशुंखे

लक्ष्मी चौधरी

विना बुढाथोकी

बेदुराम भुसाल

शेरबहादुर कुँवर

ठगेन्द्रप्रकाश पुरी

उदया शर्मा पौड्याल

सिंगबहादुर विश्वकर्मा

नन्दा चपाईं

शान्तिकुमारी अधिकारी जिसी

झलनाथ खनाल (भारतबाट सनाखत)

प्रतिक्रिया दिनुहोस