मंगलबार, १२ असोज २०७८

माधव समूहका ८ सांसद एमालेमै रहने



विराटनगर । नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ को सांसदहरु को कता भन्ने खुल्न थालेका छन् । यसअघि माधव पक्षमा लागेका ८ जना सांसदहरु एमालेमै रहने भएका छन् ।

एमाले संसदीय दलको बिहीबार बसेको बैठकमा माधवपक्षका भीम आचार्यसहित ८ जना सहभागी भए । सहभागी हुनेहरुमा आचार्यसहित जीवन घिमिरे, लछुमन तिवारी, लिलाबल्लभ अधिकारी, यशोदा अधिकारी, बलबहादुर साम्सोहाङ, होमकुमार साँवा र सावित्री जोशी रहेका छन् ।

स्रोतका अनुसार उनीहरुलाई आचार्यले मन्त्री पद दिने भनेपछि एमालेकै रहने भएका हुन् । आफू मुख्यमन्त्री बन्ने पक्का भएपछि आचार्यले बहुमत जुटाउन बुधबारदेखि नै सांसदहरुसँग लबिङ सुरु गरेका थिए । उनले आफूलाई मुख्यमन्त्री बनाएमा प्रदेश १ मा एमालेको बहुमत बचाउने एमालेका अध्यक्ष ओलीलाई प्रतिवद्धता समेत जनाएका थिए । त्यससँगै आचार्यलाई मुख्यमन्त्री बनाउन ओली राजी भएको स्रोतको भनाइ छ ।एमालेको विभाजन रोक्नैका लागि हिजो आचार्यलाई मुख्यमन्त्री बनाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस