बिहिबार, १४ श्रावन २०७८

माधव- प्रचण्डको हर्कत : अरुलाई बन्द, आफुभने सरर



काठमाडौं । आम सर्वसाधरणलाई बन्दको मार खेपाएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपाल भने आमहड्तालकैक्रममा निरीक्षण गर्न भन्दै स्कुटरमा निस्किएका छन्।

प्रचण्ड–नेपाल (पुमा) समूहले बिहीबार आमहड्तालको आयोजना गरेको छ । त्यसैको निरीक्षण गर्न कोटेश्वरबाट नेपाल स्कुटर चढेर निस्किएका हुन्।

आम सर्वसाधरणका सवारीसाधन बन्दमा चलाईएको बन्दै रौक्ने र तोडफोड गर्ने समूहकै नेताले बन्दमा आफुभने सवारी साधनमा हुइकीनु नैतिकहिन काम भएको सर्वसाधरणले बताइरहेका छन् । अरुलाई बन्दको मार खेपाउने आफुभने स्कुटरमा हुइकनेभन्दै सर्वसाधरणले माधव नेपाललाई गाली गरिरहेका छन् ।

 

अरूलाई गाडी बन्द, प्रचण्डलाई खुला

उसोत माधव नेपाल जस्तै अर्का अध्यक्ष जनतालाइृआमहड्तालको सास्ती दिएर गाडीमा सवार भइरहेको छ ।यी दुई अध्यक्ष भने अरूलाई सवारीसाधन चलाउन नदिएर आफू भने गाडी चढेर बन्द हड्तालको अनुगमन गर्न र सहभागिता जनाउन हिडिरहेका छन् ।

प्रचण्ड गाडी चढेरै हिँडे भने नेपाल स्कुटरमा कोटेश्वर पुगे। प्रचण्ड खुमलटारबाट सातदोबाटो, कोटेश्वरहुँदै पुल्चोक गएर पुन: खुमलटार फर्के।

उनी खुमलटारबाट गाडी चढेर सातदोबाटो आए। त्यहाँबाट कोटेश्वर पनि गाडी चढेरै गए। कोटेश्वरबाट पुल्चोक पनि गाडीमै आए।

उनी बा १७ च ३०७१ नम्बरको प्राडो चढेर आएका थिए। उनका अगाडि–पछाडि सुरक्षाकर्मी पनि थिए।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार खुमलटारबाट केही अगाडिसम्म पैदल हिँडेपछि प्रचण्ड गाडी चढेका थिए।
उनी आन्दोलनमा सहभागी हुन बाहिर निस्केको दाहालले बताइन्। दाहाल करिब दुई घन्टा आन्दोलनमा सहभागी भएर खुमलटार फर्किएका छन्।

‘सातदोबाटो चोक मात्रै जानुपर्ने भएको भए त हिँडेर जानुहुन्थ्यो होला,’ दाहालले भनिन्, ‘तर, अन्यत्र पनि जानुपर्ने भयो।’

यति लामो दूरी हिँडेर छिचोल्न सम्भव नहुने भएकाले अध्यक्ष गाडीमा हिँडेको उनले बताइन्।

अरूलाई गाडी चलाउन नदिएर आफू चाहिँ गाडी चढ्न मिल्छ ? भन्ने  प्रश्नमा दाहालले भनिन्, ‘नेताहरू सबैठाउँमा पुग्नुपर्‍यो। हिँडेर सम्भव हुँदैन।’

प्रतिक्रिया दिनुहोस