सोमबार, ०१ कार्तिक २०७८

अनि यसरी टुट्यो सञ्जय-माधुरीको प्रेमसम्बन्ध….



एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्त आफ्नो अभिनय, स्टाईल तथा जीवनीका कारण निकै चर्चित छन् । उनको ३०८ जना प्रेमिका भए भनेर फिल्म सञ्जुमा पनि खुलाशा गरिएको थियो ।

त्यस लिस्टमा धेरै बलिउड अभिनेत्रीहरु पनि सामेल छन् । तर बलिउड अभिनेत्रीमध्ये सबैभन्दा बढी नाम जोडिएकी अभिनेत्री भने माधुरी दिक्षित रहिन् । ९० को दशकमा जब माधुरी दिक्षितसँग उनी सम्बन्धमा थिए तब उनले निकै नै राम्रोसँग सम्बन्ध निभाएक थिए ।

उनीसँगको बिछोडपछि अभिनेता निकै नै तनाबमा भएके कुरा सञ्जय दत्तकी पहिली पत्नी ऋचाले जनाएकी थिईन्, जो अहिले यस संसारमा पनि छैनन ।

फिल्म साजनबाट सुरु भएके उनीहरुको प्रेम जब टुट्यो तब सञ्जयलाई निकै नै पिडा भएको थियो । त्यस समयमा अभिनेता विवाहित थिए तरपनि उनी माधुरी दिक्षितसँग सम्बन्धमा रहे ।

तर जब १६ महिना सम्म जेलमा परे तब उनीहरुको सम्बन्ध टुटेको थियो । धेरै फिल्ममा सँगै काम गरेको यो जोडीे पछिल्लो समय फिल्म कलंकमा सँगै देखिएका थिए जसले गर्दा प्रशंसकहरु पनि निकै खुशी थिए

प्रतिक्रिया दिनुहोस