बुधबार, २२ मंसिर २०७८

सकियो सनाखत : माधवको पक्षमा ५५ केन्द्रीय सदस्य र २९ सांसदको हस्ताक्षर (सूचीसहित)



काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । नेकपा एसका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । निवेदनको बेला हस्ताक्षर नगरेका ४ जना सांसद आज थपिएपछि अहिले आयोगमा यस विषयमा छलफल जारी छ । सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदा भट्ट आयोगमा उपस्थित भए पछि उनहिरुको सनाखदबारे विवाद भएको हो । यी मध्ये ८ जना सांसद राष्ट्रिसभाका हुन् ।

वरिष्ठ नेता झलनाथ खनालको नयाँ दिल्लीबाटै सनाखत गरिएको छ। आज भएका हस्ताक्षरमध्ये ९ जना केन्द्रीय सदस्य एमालेले कार्वाही गरेका सदस्य हुन् भने १४ जना सांसद एमालेले बर्खास्त गरिसकेका सांसदहरु हुन् । एकिकृत समाजवादीले ३१ सांसद र ६५ केन्द्रीय सदस्य उपस्थित हुने दाबी गरेको थियो।

प्राविधिक समस्या नआए आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस