सोमबार, ३१ जेठ २०७८

२२ हजार पाँच सय मेट्रिक टन युरिया मल आज बेलुकासम्म नेपाल आइपुग्ने



????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

काठमाडौँ  । सरकारले बङ्गलादेशसँग जीटुजी (सरकार–सरकार) सम्झौता मार्फत ल्याउन लागेको पहिलो चरणको रासायनिक मल मङ्गलबार राति आइपुग्ने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन युरिया मल मङ्गलबारसम्मा आइपुग्नेछ ।

मल रेलबाट वीरगञ्ज र ट्रकबाट विराटनगर आइपुग्ने उहाँले बताउनुभयो । दुइटै साधनबाट एकै पटक मल पठाए पनि रेल चाँडो आइपुग्ने र ट्रक एक/दुई दिन ढिला आउने केन्द्रका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो । वीरगञ्जका लागि नौ हजार हजार मेट्रिक टन, विराटनगरका लागि पाँच हजार मेट्रिक टन र भैरहवाका लागि पनि सात हजार ८७५ मेट्रिक टन मल आउन लागेको हो ।

जीटुजीमार्फत बङ्गलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भएको थियो ।

बङ्गलादेशबाट तीन चरणमा मल ल्याउने तयारी  छ । पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन मल आइसकेको छ । बाँकी २७ हजार पाँच सय मेट्रिक टनमध्ये दोस्रो चरणमा १० हजार र तेस्रो चरणमा १७ हजार मेट्रिक टन मल ल्याउने तयारी छ । यसैबीच थप १० हजार मेट्रिक टन मल ल्याउने प्रक्रियासमेत सुरु भइसकेको छ । एक साताभित्र उक्त मल बङ्गलादेशबाट बुझेर नेपालका लागि पठाउनेछ । बङ्गलादेशबाट ढुवानीसहित प्रतिमेट्रिक टन ३४१ डलरमा मल ल्याइरहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस