शनिबार, ०९ असोज २०७८

मण्डनदेउपुरका दर्जनौं युवा एमालेमा प्रवेश : बास्कोटाले गरे स्वागत



काभ्रे । नेपाली काङ्ग्रेस तथा विभिन्न पार्टी परित्याग गरी २ दर्जन युवा एमालेमा प्रवेश गरेका छन् ।

मण्डनदेउपुर ११ जैसीथोकबाट विभिन्न पार्टी परित्याग गरी युवाहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी कार्यकर्तालाई पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद एवं एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले स्वागत गर्नुभयो । बास्कोटाले उहाँहरूलाई पार्टी सदस्यता सदस्यता प्रदान गनुृहुँदै देश र जनताप्रति उत्तरदायी भएर लाग्न र राजनीतिक भविष्य भएको पार्टीमा आउनुभएकोमा धन्यवाद दिनुभयो ।

प्रवेश गर्नेहरूमा जैसीथोकका सन्तबहादुर लामा,तलस लामा,किरण थापा,सुसन तामाङ,प्रेम तामाङ, सन्त तामाङ,कमल तामाङ,सुरज तामाङ,तिलक तामाङ,कालुमान तामाङ,कृष्ण तामाङ पासाङ तामाङ,धन बहादुर तामाङ ,राजु तामाङ,सत्यमान तामाङ,गणेश तामाङ, तीर्थबहादुर तामाङ,हर्कबहादुर तामाङ,नारायण तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस