सोमबार, ११ श्रावन २०७८

मनोहरा जेसिस द्वारा जेष्ठ नागरिक सम्मान तथा खाद्यान्न बितरण



काठमाडौँ । मनोहरा जेसिसले कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदी कृष्णमन्दिरमा रहेको ज्येष्ठ नागरिक सेवा आश्रममा रहेका जेष्ठ नागरिकलाई सम्मान तथा खाद्यान्न प्रदान गरेको छ।

आज एक कार्यक्रमका बीच मनोहरा जेसिजका वर्ष २०२१का अध्यक्ष सागर रोक्काको नेतृत्वमा रहेको जेसिस सदस्यहरुले जेष्ठ नागरिक सम्मान तथा खाद्यान्न बितरण गर्नु भएको हो ।

सम्मान कार्यक्रमम बोल्दै अध्यक्ष सागर रोक्काले मानव सेवा नै सच्चा मानव धर्म रहेको बताउदै, जेष्ठ नागरिकलाई समान गर्नु हाम्रो सस्कार र धर्म रहेको बताउनु भयो । जेष्ठ नागरिक बाट अनुभव लिएर सामाजिक कार्यमा युवा सकृय हुनु पर्ने बताउदै अध्यक्ष रोक्काले जेसिसले कहिल्यै आफ्नो कर्तव्य नभुल्ने बताउनु भयो

सो कार्यक्रममा मनोहरा जेसिसले आश्रमलाई चामल ४ बोरा दाल, लुगा धुने सरफ, नुन ,तेल ,पाउरोटी ,मसला, चिउरा लगायत एक महिनालाई पुग्ने खाद्यान्न प्रदान गरेको हो ।

कार्यक्रममा स्थानीय राजनितिक दलका सदस्यहरु, आश्रम ब्यवस्थापन समितिका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो भने आश्रम बस्ने जेष्ठ नागरिकहरुले आफ्नो अनुभवहरु बताउनु भएको थियो । धार्मिक तथा सास्कृतिक धरोहरको सरसफाई कार्य गरेर बर्ष २०२१को कार्यक्र सुरु गरेको मनोहरा जेसिसको जेष्ठ नागरिक सम्मान कार्यक्रमको संचालन मनोहरा जेसिस२०२१ का महासचिव तुलसा आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस