कांग्रेस सभापतीको मतगणना : गन्न बाँकी ७०२, देउवा र कोइरालाको मतान्तर ४३३



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

जारी मतगणनाअनुसार ३ हजार ९ सय ७७ मत गन्दा शेरबहादुर देउवाको पक्षमा १९००, शेखर कोइरालाको पक्षमा १४६७, विमलेन्द्र निधिको पक्षमा– २३०, प्रकाशमानसिंहको पक्षमा २९६ र कल्याण गुरुङका पक्षमा २० प्राप्त भएको छ । मुख्यदावेदार देखिएका देउवा र कोइरालाको हालसम्मको मतान्तर ४३३ मात्रै छ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

प्रतिक्रिया दिनुहोस