सोमबार, ३१ जेठ २०७८

माओवादी केन्द्र छाडेका २३ जना एमालेको केन्द्रीय सदस्यमा मनोनीत

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म



काठमाडौं, २७ फागुन – नेपाल कम्युनिस्ट पार्टी एमालेले २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छ । शुक्रबार बसेको नेकपा केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रमा रहेका २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

बैठकले अध्यक्ष र महासचिवबाहेकका पद खारेज गरेको छ। उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद आज बसेको बैठकले खारेज गरेको हो।

बैठकले एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्मगर्ने निर्णय समेत गरेको छ ।यससँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने भएको छ। प्रवक्ताको जिम्मेवारी प्रदीपकुमार ज्ञवालीले पाउनुभएको छ ।

थपिएको केन्द्रीय सदस्यमा गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ माओवादी नेता हुनुहुन्छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकले बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । निर्णय अनुसार माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् ।

योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ । अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएको जानकारी बैठकमा दिनुभएको छ । उहाँले माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस