मंगलबार, १२ असोज २०७८

नेपाल आइपुगिन् एमसिसी उपाध्यक्ष फतिमा सुमार



काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ ।  चार दिने औपचारिक भ्रमणका लागि फतिमा नेपाल आउनुभएको हो । नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि फतिमाको साथमा नेपाल आउनुभएको छ ।

उहाँहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९ : २५ बजे काठमाडौं ओर्लिनुभएको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

फतिमालाई अमेरिकी दूतावास र नेपालस्थित एमसिसी कार्यालयका अधिकारीहरूले स्वागत गर्नुभएको छ ।फतिमाको भ्रमणलाई लक्षित गरी काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै मेरिट होटेल जानु भएको छ ।सुमारले आज बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

 

 

प्रतिक्रिया दिनुहोस