बुधबार, २० श्रावन २०७८

एमसीसी परियोजनाको लागि जग्गा अधिग्रहण गरिँदै



काठमाडौं। मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको प्रसारण लाइन र सडक निर्माणका लागि जग्गा अधिग्रहणको काम भइरहेको अर्थमन्‍त्रालयले जानकारी दिनुभयो।

अर्थमन्त्रालयले दिएको जानकारीअनुसार हाल नुवाकोटको रातामाटेमा एमसीसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण भइरहेको छ।

अर्थसचिव शिशिरकुमार ढुंगानाले जग्गा अधिग्रहण गर्न दुई अर्ब रुपैयाँ खर्च भएको बताउनुभयो। उहाँले भने, “परियोजना अन्तर्गत प्रसारण लाइन र सडकमार्ग निर्माण गर्न चाहिने जग्गा लिने काम भइरहेको छ।”

यसले सरकार एमसीसी कार्यान्वयन गर्न पहिलेदेखि नै आफ्नै स्ट्याण्डमा रहेको देखिएको उहाँको भनाई छ।

 

प्रतिक्रिया दिनुहोस