बिहिबार, १४ श्रावन २०७८

काग्रेंसका उम्मेदवार सयौं नेता कार्यकर्तासहित एमाले प्रवेश : सिंगो गाउँ बन्यो एमालेमय



काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी ठुलो संख्यामा नेकपा एमालेमा प्रवेश भएका छन् ।

नेकपा एमाले मिल्चे ७ न. वडा कमिटीले नवप्रवेशी कार्याकर्तालाई भव्य स्वागत गरेको छ । काङ्ग्रेस परित्याग गरी ६ न.वडा भ्याकुरेका योगेन्द्र पुलामी, वडा न. ७ का तिलक बहादुर दर्लार्मीको नेतृत्व मा १०० जना भन्दा बढी एमालेमा समाहित भएका हुन् ।

सोहि वडाबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट अध्यक्ष पदको उम्मेदवार उठी पराजय भोगेका गोपाल दर्लामी मगरको स्थायी बसोबास हो । मिल्चेका विभिन्न स्थानबाट नेकपा एमाले प्रवेश गरेका कार्यकर्ताहरुलाई स्वागत गर्न एमाले जिल्ला नेता एवं गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल पुग्नु भएको थियो । गाउँपालिका अध्यक्ष कृष्ण खुलालले विकट क्षेत्रको विकास र समृद्धी नेकपा एमालेको नेतृत्वमा मात्रै सम्भव भएकाले संघ, प्रदेश र स्थानीय तहको सरकार मार्फत भएका विकास निर्माणबाट लााभन्वित भएका नागरिकहरु सबै नेकपा एमालेमा सहभागि हुनु पर्ने बताउनु भयो ।

एमालेले २०५४ सालको स्थानीय निकायको निर्वाचन पनि खानिखोला जाने खोपासी ताल्ढुंगा सडक निर्माण शुरु गरेको थियो । उक्त सडक २०७४ सालको स्थानीय तहको निर्वाचन पछि सूचारु भएको छ । उक्त सडक निर्माणका लागि प्रदेश र संघ सरकारले करोडौ रकम विनियोजन गरेको छ । वर्षातका केहि दिन बाहेक १२ महिना नै सवारी सञ्चालन गर्ने गरी सडक निर्माण कार्य सम्पन्न भएको छ । उक्त सडक पक्कि निर्माण गर्ने गरी आगामी वर्षका लागि बजेट विनियोजन भएको छ । ताल्ढुङ्गा जानका लागि विभिन्न स्थानका सडक निर्माण कार्य शुरु भएको छ । उक्त कार्यक्रममा एमाले नेतृ एवं गाउँपालिका उपाध्यक्ष रुकमणी गुरुङ्गले महिला तथा बालबालिकाहरुको अधिकारका लागि पालिकाले विनियोजन गरेका कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष दुर्गा तिमल्सिना तथा अन्य जनप्रतिनिधि र एमाले नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा एमाले खानिखोला गाँउ कमिटीले पार्टी प्रवेश कार्यक्रम सबै वडामा शुरु गरेको जानकारी दिएको छ । अध्यक्ष कृष्ण खुलालले ७ वटै वडाहरुमा पार्टी प्रवेश कार्यक्रम राखेको बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस