शुक्रबार, ०५ कार्तिक २०७८

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त, १ बजे सपथ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका सांसद डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई आज अपराह्न खड्कालाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताउनुभयो । खड्काले काँग्रेसमा परराष्ट्र विभाग हेर्दै आउनुभएको थियो । उहाँ उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ ।  खड्काले अर्थशास्त्रमा पिएचडी गर्नुभएको छ । खड्का पूर्वसहरी विकास मन्त्रीसमेत हुनुहुन्थ्यो ।

शपथग्रहणपछि खड्का आज बेलुकी संयुक्त राष्ट्रसङ्घीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका  प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस