बुधबार, २० श्रावन २०७८

जीन्स पाइन्ट लगाएको भन्दै हजुरबुवाले गरे नातिनीको हत्या



काठमाडौं । भारतको उत्तर प्रदेशमा काका र हजुरबुबा मिलेर नातिनीको हत्या गरेका छन् । जीन्स पाइन्ट लगाएको भन्दै उनीहरुले १७ वर्षीया नातिनीको हत्या गरेका हुन् ।

घरमा कुर्तासुरुवाल मात्र लगाउन भनिएपनि किशोरीले घरको नियम नमानेरै जीन्स लगाउने गरेकी थिइन् । यसै विषयमा झगडा हुँदा काका र हजुरबुबाले घरको भित्तामा पछारेर किशोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले किशोरीको मृत शरीर कास्या–पटना राजमार्गमा रहेको पाटनवा पुलबाट फ्याँकेका थिए जुन पुलको ग्रिलमा अड्किएको थियो । बाटो हिँड्नेले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले हत्या अभियोगमा हजुरबुबालाई पक्राउ गरेको छ । आरोपी काका भने फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस