आइतबार, ३० जेठ २०७८

कार्वाही गर्न एमालेले बनायो संसदीय बोर्ड, यसरी बने ओली अझै बलियो (सुचीसहित)

माधव पक्षलाई आत्मालोचनासहित फर्किन निर्देशन



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले ‘संसदीय बोर्ड’ गठन गरेको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले २७ सदस्यीय र्बोड गठन गरेको हो ।

सांसद महेश बस्नेतका अनुसार तीन जना पछि मनोनयन गर्ने गरी अहिलेलाई २४ सदस्यीय बोर्ड गठन भएको छ । बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपालसहित उक्त समूहका सांसदहरू पनि मनोनीत गरिएको छ ।

एमाले संसदीय बोर्ड सदस्यहरू :

केपी शर्मा ओली

झलनाथ खनाल

माधवकुमार नेपाल

सुवास नेम्वाङ

शेरबहादुर तामाङ

रघुवीर महासेठ

भुपेन्द्र थापा

खेम लोहनी

सरिता दाहाल

विमला विक

राधा ज्ञवाली

बिन्दा पाण्डे

विशाल भट्टराई

सुमन प्याकुरेल

शान्ता चौधरी

विमला राई पौडेल

राजेन्द्र राई

मोहन बानियाँ

नारदमुनि राना

विद्या भट्टराई

दामोदर भण्डारी

रेखा झा

छविलाल विश्वकर्मा

खिमलाल भट्टराई

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान गरेको छ ।

बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको हो । दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।

माधव नेपाल पक्षका केही सांसद बैठकमा सहभागी भएपनि अरु बाटोबाटै फर्किएका थिए । सो पक्षका सांसदहरुले अबदेखि बैठकमा भाग लिने बताएका छन् । दलको बैठकले आत्मालोचनासहित फर्किन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस