बुधबार, ०२ असार २०७८

उत्कृष्ट अभिनेत्री-अभिनेताको अवार्ड मेनुका र विपिनलाई



काठमाडौँ । चलचित्र प्राविधिक संघको आयोजनामा १०औं नेफ्टा अवार्ड सम्पन्न भएको छ ।

शनिवार पाँचतारे होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा उत्कृष्ट नायकको अवार्ड अभिनेता विपिन कार्कीले फिल्म पसादका लागि हात पारे भने अभिनेत्रीको अवार्ड अभिनेत्री मेनुका प्रधानले फिल्म साईँलीका लागि प्राप्त गरिन् ।

फिल्म ‘छक्का पञ्जा ३ र प्रसाद’ ले महत्त्वपूर्ण ६/६ विधामा अवार्ड जित्न सफल भए ।

‘छक्का पञ्जा ३’ बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड पाउँदा ‘हरी’ ले जुरी अवार्ड पायो । त्यस्तै, पपुलर नायकको अवार्ड अनमोल केसी र पपुलर नायिकाको अवार्ड साम्राज्ञी आरएल शाहले प्राप्त गरेकी छिन् ।

उक्त समारोहमा धेरै फिल्मकर्मी साथै कलाकारहरुको पनि जोडदार सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस