सोमबार, ११ श्रावन २०७८

यसरी बलियो हुँदैछ नेकपा : वनेपा वडा नं. १० बाटै सयौं जना प्रवेश



बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा वडा नं. १० को वडा भेला सम्पन्न भएको छ ।
पार्टीको केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पवन केसीको अध्यक्षतामा २२ सदस्य वडा कमिटि गठन गरेको छ ।

भेलाले अशोक विष्टको संयोजकत्वमा २२ सदस्य राष्ट्रिय युवा संघ बनेपा १० नं. कमिटि र विमु खत्रीको संयोजकत्वमा अखिल नेपाल महिला संघ १० नंं वडा कमिटि गठन गरेको छ ।

कार्यक्रममा विविध पार्टी परित्याग गरी सयजनाभन्दा बढी नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशी कार्यकर्तालाई केन्द्रीय सदस्य बाँस्कोटाले स्वागत गर्नुभएको थियो ।

प्रवेश गर्नेहरुमा गोविन्द विक,विरबहादुर मिजार, बबिता देउजा,अनुप थापा, विष्णु परियार, रुकु भण्डारी थापा,कल्पना थापा, संजु भुजेल, मञ्जु नेपाली परियार, पवित्रा दर्जी परियार, रोशन नेपाली, शिवराम परियार, विपिन परियार, समिक परियार, सुमन परियार, मदन परियार, रावण श्रेष्ठ, अर्जुन खड्का, कृष्ण परियार, संवोक खड्का, भूवन थापा, राजन श्रेष्ठ, राजकुमार श्रेष्ठ, साइला श्रेष्ठ लगायत सयौं छन् ।

वडा भेला कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका संयोजक एवं पार्टी केन्द्रीय सदस्य उद्घव केसी,बनेपा नगरपालिकाका मेयर एवं पार्टीका नगर संयोजक लक्ष्मी नरसिंह वादे,नेकपाका जिल्ला नेता मुक्ति विष्ट, नेकपाका नेताहरु आत्मराम थापा, सानुभाई विष्ट,गौतमप्रसाद गौतम, यादव थापा , गौरी रावत, शिव थापा,रत्नकुश रञ्जित,, अनेरास्ववीयुका केन्द्रीय सदस्य नवराज ढकाल,गोविन्द उप्रेदी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस