बुधबार, २० श्रावन २०७८

अदालतको फैसलाले बाबुरामको रोग निको भयो : महेश बस्नेत

प्रचण्ड–माधवले काँग्रेसका पाउँमा सत्ता बुझाउँदा के को विजय उत्सव ?



काठमाडौं, १२ फागुन – नेकपाका नेता एवं प्रतिनीधि सभाका सांसद महेश बस्नेतले बाबुराम भट्टराई झलनाथ खनाल उपचारको बहानामा विदेशीको इशारामा चलेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित युवा संघ नेपाल केन्द्रीय कमिटिको पुर्ण बैठकलाई संवोधन गर्नुहुँदै नेता बस्नेतले भन्नुभयो, ‘वावुराम भट्टराईको के रोग रहेछ सबैले बुझिसके’, उहाँले भन्नुभयो अदालतको फैसल्ला आएसँगै उनको रोग निको हुनुभनेको देश बर्बाद गर्न उब्जिएको रोग नै बाबुरामको भएको बस्नेतको आरोप थियो । ‘बाबुरामको रोग केपी ओलीलाई सत्ता च्युत गर्ने र विदेशीहरुको इशारामा मुलुकलाई ध्वस्त पार्ने मानशिक रोग थियो,सर्वोच्वको फैसल्लासँगै उहाँको रोक निको भयो’ बस्नेतको आरोप थियो ।

संसद पुर्नस्थापना भएकोमा कोही खुसी हुनु पर्ने कारण नभएको भन्दै नेता बस्नेतले कम्युनिष्ट सत्ता च्युत गरेर प्रचण्ड र माधव नेपालले काँग्रेसको पाउँमा सत्ता बुझाउन लागेको बताउनुभयो ।

‘माधव र प्रचण्ड यत्तिखेर प्रधानमन्त्री तपाइ भन्दै सेरबहादुर देउवा,बाबुराम भट्टराइ, महन्का बिन्ती विसाइरहेका छन्, ६५ सिटमा खुम्चेको काग्रेंसलाई किस्तीमा हालेर प्रधानमन्त्री बुझाउदैछन् ।’ नेता बस्नेतले भन्नुभयो ।

संसद पुर्नस्थापना भएपछि बाटोमा आउँदै गर्दा केही युवा विजय जुलमा हिडेको भेटेको भन्दै बसनेतले संसद पुर्नस्थापनाले खुसी हुनु नपर्ने बताउनुभयो ।

‘हे भाई हो, संसद पुर्नस्थापाना भएर सांसद म भए विजय जुलुस तिमीहरु मनाइरहेका छौ, संसद पुर्नस्थापना भएर नेपालको राजनीति काग्रेंसको पाउँमा प्रचण्ड र माधवले बुझाँदै गर्दा के को विजय उत्सव’ नेता बस्नेतको प्रश्न थियो ।

अदालतको फैसल्ला प्रधानमन्त्रीको पक्षमा आएको भए प्रचण्ड, माधवहरुले सेटिङ भन्ने भन्दै अहिले फैसल्ला अर्कै आएपछि उहाँहरुको परिभाषा फेरिएको बताउँनु भयो । ‘राजनीतिमा उहाँहरु निक्कै बिचलित हुनुहुन्छ भन्ने उदाहारण’ यही काफी भएको नेता बस्नेतको तर्क थियो ।

नेपालको राजनीतिलाई अस्थिरतातर्फ लान खोजिएको भन्दै नेता बस्नेतले त्यो हुन नदिने बताउनुभयो । कानुनीरुपमा नेकपा विभाजित भइनसकेको अवस्थामा प्रचण्ड माधवहरुले नेकपाको सरकार विरुद्घ अविश्वासको प्रस्ताव दर्ता गर्नै नसक्ने बस्नेतको दावी थियो ।
संसदिय दलको नेता पनि ओली नै भएकाले प्रचण्ड र माधव नेपालले संसदिय दलकै बैठक गर्न नसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस