सोमबार, ११ श्रावन २०७८

टोखा पुगेका माधव निराश हुँदै फर्किए, आफु पक्षीय बैठकमा पनि खाए गाली (तस्बिर सहित) 



काठमाडौं । आफु पक्षीय स्थायी कमिटी बैठक ढाँकेका एमालेका वरिष्ठ नेता माधव नेपाललाई एमाले उपाध्यक्ष भीम रावलले  साथ छोडेको विषयमा चर्को आलोचना खेप्न पर्‍यो ।
बैठकमा माधव नेपालको कारण मिलिसकेको एकता तोडिएको, काग्रेंसका हातमा सत्ताको चाबी सुम्पिदा जनता तथा कार्यकर्तामा गलत सन्देश गएको र पार्टी अध्यक्षसँग नजिकिएको सम्बन्ध समेत टाढिएको भन्दै आलोचना भएको बताइन्छ । नेता नेपालले पार्टी जसरी नि फुटाउन खोजेको र दोस्रो पुस्ताको राजनीति समेत सखाप पार्न खोजेको आरोप खेपेको बताइन्छ ।
निरन्तर आफ्नो पक्षमा आलोचना खेपेपछि भीम रावललाई आफु मनाउन सक्ने भन्दै बैठक सकेर टोखा पुगेका माधव नेपाल अन्ततः निराश हुँदै फर्किएका छन् दुई घण्टासम्म रावलसँग छलफल गरेपनि भीम रावलले नेता माधव नेपालले राजनैतिक नैतिकता गुमाएको भन्दै मिलन नसक्ने सङ्केत गरे ।
रावलले आफु पक्षीय कुनै पनि नेताले देउवालाई विश्वासको मत दिने निर्णय नगरेको भन्दै माधव पक्षका सांसदले गरेको मतदानले राजनीतिक नैतिकता समाप्त पारेको बताएका थिए ।
उपाध्यक्ष रावलले एकता कार्यदलको निर्णयलाई लत्याएर माधव नेपालले ठुलो गल्ती गरेको भन्दै तत्काल कार्यदलको निर्णयको पालना गर्न आग्रह गरे । नेता रावललाई महत्वपूर्ण मन्त्रालयको प्रस्तावसम्म नेता नेपालले गरेपनि  रावलले आफु स्वाभिमान बेचेर सत्ता आरोहण गर्ने नेता नभएको भन्दै हप्काएको बताइन्छ । रावललाई फकाउने प्रयास असफल भएपछि नेता माधव निराश हुँदै फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस