सोमबार, १३ मंसिर २०७८

नर्भिकमा उपचाररत कलाकार निशा घिमिरेको निधन



काठमाडौँ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे घिमिरेको निधन भएको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएकोमा दुस्ख व्यक्त गरेको छ ।

भारतमा भएको दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरेपश्चात् अस्पतालले निःशुल्क उपचारको जिम्मेवारी लिएको थियो । केहि दिन अघिमात्रै अस्पतालले उनको स्वास्थ्यमा केहि सुधार नआएको पनि जनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस