बुधबार, २० श्रावन २०७८

मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ : गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिनुभएको छ ।

उहाँले मांसाहारी आन्दोलनलाई संविधान कानुनले अपराध ठानेको छ र अपराध गर्ने छुट कसैलाई छैन भन्नु भयो ।’ नेकपा ओली पक्षको काठमाडौंमा आयोजित आमसभामा आज गृहमन्त्री थापाले भन्नुभयो, म उनीहरुलाई भन्न चाहन्छु मांशाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ ।’

उहाँले मांसाहारी आन्दोलन गर्नेहरुबाट सतर्क हुन पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

आगामी निर्वाचनमा अग्रगमन चाहने शक्तिलाई नै जनताले विजय बनाउने विश्वास गर्नुहुँदै गृहमन्त्री थापाले नारायणहिटी अगाडिको आमसभाले गणतन्त्रको रक्षा गर्न आफूहरु लागिपरेको सन्देश दिएको बताउनुभयो ।
देशलाई प्रतिगमनमा लग्न खोज्ने तत्वहरुलाई कुनै हालतमा परास्त गरेरै छाड्ने उहाँले चेतावनी दिनुभयो । गणतन्त्रको रक्षा र सुदृढीकरणकालागि आमसभाको आयोजना गरिएको उहाँले बताउनुभयो ।

गृहमन्त्री थापाले राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई विस्थापित गर्न षडयन्त्र भएपछि चुनावमा जानुपरेको पनि प्रष्ट पार्नुभयो।

 

प्रतिक्रिया दिनुहोस