बिहिबार, १४ श्रावन २०७८

अब युवासंघका सबै कमिटीमा ‘साइबर सेना’को युनिट



काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले सरकार र पार्टी नेतृत्वविरुद्ध सिण्डिकेट खडा गरेर  भ्रम छरिएको भन्दै भ्रम चिर्न साइबर सेनाको युनिट गठन गर्न लागिएको जनाएको छ ।

शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युवासंघका अध्यक्ष वचनवहादुर सिंहले विभिन्न मिडियामार्फत चलाइएको भ्रम चिर्न साइबर सेनाको युनिट बनाउन लागिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा विज्ञप्ति जारी गर्दै युवासंघले अब सबै कमिटिमा साइबर सेनाको युनिट गठन गरिने स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ,  ‘युवा संघ नेपालले युगीन उपलब्धीहरुको रक्षा, प्रयोग र विकास गर्न प्रत्येक तहको कमिटी प्रणालीमा छुट्टै साइबर सेनाको युनिट निर्माण गर्दै संघद्धारा निर्धारित आचारसंहिताभित्र रही एकढिक्का भई प्रतिकार गर्न युवाशक्ति परिचालन गर्नेछ ।’

केही कथित बौद्धिक अराजकतावादीहरुले देशमा अस्थिरता र अराजकता मच्चाउन खोजिरहेको आरोप बताउँदै  उनीहरुका पाखण्डलाई भण्डाफोर गर्दै जनतालाई यथार्थ बुझाउन साइबर सेनाको युनिट बनाउन लागिएको यसवा संघले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस