बुधबार, २० श्रावन २०७८

माधव पक्षलाई ओलीको आममाफी : भने ‘आउनुस् मिलेर काम गरौँ र एकसाथ अघि बढौँ’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताउनुभएको छ ।
अध्यक्ष ओलीले पार्टीमा फर्किएकाहरुसँग मिलेर काम गर्नेसमेत बताउनुभयो । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गर्नुभयो । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उहाँले भन्नुभयो, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

तत्कालीन नेकपा रहँदा साधारण सदस्यबाटै आफूलाई निस्कासन गरिएको स्मरण गर्दै ओलीले भन्नुभयो , ‘अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ ।’

प्रतिक्रिया दिनुहोस