बुधबार, ०२ असार २०७८

‘ओ माई गड २’ मा अक्षयसँग देखिँदै यामी



एजेन्सी । बलिउड अभिनेत्री यामी गौतम अक्षय कुमारसँग पहिलोपटक फिल्ममा देखिने भएकी छिन् । उनी आफ्नो विवाह लगत्तै यस फिल्म गर्न लागेको खबर बाहिरिएको हो ।

फिल्ममा आफ्नो चरित्र मन परेपछि उनले तुरुन्तै काम गर्न स्वीकृति जनाएकी थिइन् । ‘ओ माई गड’ लाई उमेश शुक्लाले निर्देशन गरेका थिए भने सिक्वेलको निर्देशन अमित रायले गर्ने भएका छन् । फिल्मको डेढ वर्षदेखि स्क्रिप्टमा काम भइरहेको छ भने आउँदो सेप्टेम्बरबाट छायांकन सुरु हुने बताइएको छ ।

‘ओ माई गड २’ मा पनि अक्षय कुमार भगवानको अवतारमा देखिने भारतीय भिडियाले बताएका छन् । अघिल्लो पार्टमा उनले भगवान कृष्णको भूमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस