मंगलबार, १२ असोज २०७८

पन्जशिरमा ६ सय तालिवान लडाकू मारिए : एनआरएफ



काबुल । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान ९एनआरएफ० ले दाबी गरेको छ । पन्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच बिगत तीन दिनदेखि भीषण युद्ध भइरहेको छ । ‘पन्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान अतिवादी मारिएका छन् । त्यस्तै, एक हजार भन्दा बढी लडाकूले आत्मसर्मपण गरेका छन्,’ रेसिस्टन्स फ्रन्टका प्रवत्ता फहिम दास्तीले ट्विट गरेका छन् ।

तालिवानलाई अन्य प्रान्तबाट सामान आपूर्ती गर्न कठिनाइ भएको समेत दास्तीले दाबी गरेका छन् । यसैबीच, पन्जशिरका बिभिन्न स्थानमा भूमिगत बिस्फोटक पर्दाथ बिच्छाइएकोले फ्रन्टबिरुद्ध तालिवानले आक्रमक हमला गर्न नसकेको समाचार विवरणमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस