शनिबार, ०९ असोज २०७८

के सामांथा र नागा चैतन्यको सम्बन्धमा आएको हो फाटो ?



एजेन्सी । दक्षिण भारतको सुन्दर जोडी हो सामांथा र नागा चैतन्यको । यो जोडीले हालै द फ्यामिली म्यान २ फिल्म गरेका थिए । यसका कारण उनी निकै चर्चामा पनि रहिन् ।

बेस्ट अभिनेत्रीको पुरस्कार हात पारेकी उनको फिल्मीसँगै निजी जिवनको पनि निकै चासो राख्ने गरिन्छ । यस्तैमा भारतीय सञ्चारमाध्यमरुले लगातार केहि समयदेखि यी दुईको सम्बन्धमा फाटो आइरहेको समाचारहरु छापिरहेका थिए ।

यसै कुरालाई लिएर अभिनेत्रीले एक पत्रकार सम्मेलनमा बोलेकी छन् । तपाईहरुको सम्बन्ध फुटको संघारमै हो त ? भन्ने प्रश्नको उत्तरमा उनले भनेकी छिन्, यी सबै हावादारी कुरा हो र यसमा अलिकति पनि सत्यता छैन् ।

विवादलाई निकै सानो रुपमा लिने उनलाई उनको सम्बन्धबारे यी अफवाह सुन्दा भने खासै फरक नपरेको उनले बताईन ।

प्रतिक्रिया दिनुहोस