सोमबार, ०१ कार्तिक २०७८

हिन्दी फिल्म ‘उचाइँ’ मा परमिता राणा



काठमाडौँ । बलिउडका भेट्रान निर्देशक सूरज बडजात्याको नयाँ फिल्म ‘उचाइँ’ मा नेपाली कलाकारहरु पनि जोडिएका छन् । यस फिल्ममा अभिनेत्री परमिता राणासँगै सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतका कलाकारको अभिनय रहने भएको छ ।

यो फिल्मका लागि नेपाली कलाकारको कास्टिङ सिर्जना सूत्रले गरेको हो । बुधवार फिल्मको टिमसँग नेपाली कलाकारहरु पनि छायांकनका लागि लुक्ला प्रस्थान गरेका छन् । परमिताले आफ्नो इन्स्टाग्राम स्टोरीमा फिल्ममा अभिनय गर्ने नेपाली कलाकारसँग त्रिभुवन विमानस्थलमा खिचेको एक तस्विर पोस्ट गर्दै आफू केही समयका लागि लुक्ला जान लागेको जानकारी दिएकी छन् ।

४० दिनसम्म नेपालमा खिचिने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन, नानी गुप्ता लगायतका भारतीय कलाकारहरुको अभिनय रहनेछ । मित्रताको कथामा निर्माण हुन लागेको फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतका क्षेत्रमा छायांकन गरिनेछ । फिल्मको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ ।

प्रतिक्रिया दिनुहोस