मंगलबार, १२ असोज २०७८

पार्टी कार्यालयको सम्पत्ति चोरेर हिड्नेहरुले अब काभ्रेमा वडाअध्यक्ष जितेर देखाउन : बाँस्कोटा

एमालेसँग प्रतिस्पर्धा गर्न खोज्नेहरु कोल्याप्स हुनेछन्



बनेपा । पूर्वमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले जनताले एमालेलाई दिएको मत कांग्रेसको पाउमा लगेर शेरवहादुर देउवालाई बेच्नेहरुले आफूमाथि प्रश्न उठाउने नैतिक हैसियत नरहेको बताउनुभएको छ ।

जिल्ला कार्यकर्ता भेलालाई शनिवार बनेपामा सम्बोधन गर्दै बास्कोटाले आफूमाथि भ्रष्टाचारको आरोप लगाउनेहरुलाई पुष्टी गर्न चुनौति दिनुभयो । बाँस्कोटाले भन्नुभयो ‘राज्यका छानविनकारी निकायलाई चुनौती दिन्छु । म कठघरामा उभिन्छु । छानविन गर । हिम्त छ भने पुष्टि गर । जनताले एमालेलाई दिएको मत बेच्नेहरु महाभ्रष्ट हुन् । त्यस्ताले ममाथि आरोप लगाउनुको औचित्य छैन ।

उहाँले आफू मन्त्री हुँदा पनि घरबाहाल बापतको रकम नलिएको बताउनुभयो । ‘मन्त्री हुँदा पनि घरवहाल वापतको रकम लिइनँ । पार्टी अध्यक्षको घरमा गएर बसेको हुँ,’ बास्कोटाले भने ‘तर ममाथि आरोप लगाउनेहरु पार्टी कार्यालयको सम्पत्ति चोरेर हिड्नेहरु छन् ।उहााले जिल्लामा आफ्नो पालामा इतिहासकै धेरै विकास भएकाले कांग्रेस समेत नतमस्तक भएपछि एमालेभित्रकै केही व्यक्ति भौतिक रुपमा सिध्याउने षडयन्त्रमा समेत लागेको बताउनुभयो । बाँस्कोटाले प्रदेशसभामा एमालेबाट जितेर नेकपा एसमा लागेका लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईलाई अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिनुभयो ।

बाँस्कोटाले काभ्रेमा विकासको बाहक एमाले भएको भन्दै एमालेलाई काभ्रेमा कसैले हराउन नसक्ने बताउदै एमालेसग प्रतिस्पर्धा गर्ने कोल्याप्स हुने बताउनु भएको हो ।

आगामी निर्वाचनमा एमाले र नेपाली काग्रेंसबीच मात्र प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई हिम्मत भए काभ्रेमा आफूसग चुनाव लडन चुनौती दिनुभयो । माओावादीको ठुलो पक्तिले एमाले रोजेको भन्दै उहाँले काभ्र्रेमा माओवादी आँधा भएको बताउनुभयो । उहाँले नेकपा एसलाई भाइ काग्रेंसको शंज्ञा दिंदै उनीहरुको आगामी निर्वाचनको मिसन भनेको जित्नु नभई हराउनु मात्र रहेका बताउनुभयो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस