शनिबार, ०९ असोज २०७८

प्रतिनिधिसभा बैठक २७ भदौमा बस्ने



काठमाडौं । प्रतिनिधिसभाको अर्काे बैठक २७ भदौ आइतबार बस्ने भएको छ । शुक्रबार बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जानकारी दिएका हुन् ।

शुक्रबार बसेको बैठकमा एमाले सांसदहरूको अवरोधकाबीच विभिन्न अध्यादेश पेस गरिएको थियो । जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गर्दै २७ भदौसम्मका लागि बैठक स्थगित गरिएको सभामुख सापकोटाले बैठकमा जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस