सोमबार, ११ श्रावन २०७८

आधिकारिताको दावीसहित निर्वाचन आयोग पुग्नुभयो प्रधानमन्त्री



काठमाडौं । पार्टी विभाजनबारे छलफल गर्न निर्वाचन आयोगमा प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली निर्वाचन कार्यालय पुग्नुभएको छ । पार्टी विभाजनबारे छलफल गर्न प्रधानमन्त्री ओली आयोग पुग्नुभएको हो ।

मंगलबार प्रधानमन्त्री ओली पार्टीका पदाधिकारीको टोलीसहित निर्वाचन आयोग पुग्नुभएको हो । टोलीमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, पार्टी कार्यालयका सचिव ईश्वरी रिजाल लगायत हुनुहुन्छ ।

आयोगले विभाजनबारे छलफलका लागि नेकपाका दुवै पक्षलाई माघ १६ गते नै उपस्थित हुन भनेपनि प्रचण्ड–नेपाल पक्षले थप समय मागेका कारण छलफल हुन सकेको थिएन। प्रधानमन्त्रीओली विहान ११ः४५ ५० बजे निर्वाचन आयोग पुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस