बुधबार, ०२ असार २०७८

देश तिब्र विकासको गतिमा अगाडी बढेको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले देश तिब्र विकासको गतिमा अगाडी बढेको बताउनु भएको छ ।

प्रदेशको राजधानीसँग हालसम्म नजोडिएका २८३ वटा स्थानीय तहलाई सडक सञ्जालले जोड्ने कार्यक्रमको आज सुभारम्भ गर्नु हुदै प्रधानमन्त्री ओलीले सडक सञ्जालमा नजोडिएका स्थानीय तहलाई जोड्ने कामले विकासको एउटा नयाँ उचाई शुरु भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले अव बन्ने सडकहरु कच्चा र असुरक्षित नभई राम्रा, फराकिला र पक्कि सडक निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले चौतर्फि ढंगले विकसको अभियान अगाडी बढाएको बताउनुहुदै दुर्गम ठाउँहरुमा आवागमनलाई सहज बनाउने, पर्यटन विकासका लागि ताल तलैया, पुल पुलेसा निर्माण सँगै प्राकृतिक वातावरणका संरक्षणमा विशेष ध्यान दिइएको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले स्थानीय सडक सञ्जाल निर्माण राष्ट्रव्यापी गौरवको अभियान हो भन्नु हुदै यो सफल र पार्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुलाई आग्रह गर्नु भयो ।
प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध गर्ने र आफ्नो स्वार्थ प्रतिका लागि जे गर्न पनि पछि नपर्ने प्रवृतिका बाबजुद पनि सरकारले विकासको गति तिब्र रुपमा बढाइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस