सोमबार, ३१ जेठ २०७८

सेनालाई अनावश्यक विवादमा तान्न हुँदैन :प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने प्रयास हुँदै आएको भन्दै वादप्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न नहुने बताउनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेनालाई अनावश्यक विवादमा तान्न नहुने बताउनुभएको हो ।

परिषद्का अध्यक्ष तथा रक्षामन्त्रीको भूमिकामा समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो,‘नेपाली सेनालाई अनावश्यक विवादमा तान्न खोज्ने वा अपमान, प्रोभोक गर्न खोज्ने अझ घिसारेर विवादमा ल्याउन खोज्ने प्रवृत्ति देखिन्छ । अनुत्तरदायी ढंगले सेनालाई हिलो छ्याप्नु हुँदैन । कानुन उलंघन सेनाले गरेको छ भने हेर्ने निकाय छँदैछन् । तर वाद प्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न हुन्न ।’

उहाँले न्यायोचित शैन्य शक्तिको प्रयोगमा जोड दिँदै सैन्य शक्ति सदैव राष्ट्रिय हितका लागि प्रयोग हुने बताउनुभयो ।

प्रतिरक्षा सुरक्षा, निर्माणजन्य र सेवाजन्य काम सेनाले गर्दै आएको भन्दै प्रधानमन्त्री अ‍ोलीले पहरासँग टकराउन पनि सेनाले मात्रै सक्ने बताउनुभयो । ‘अप्ठेरो पर्दा हामी सेनालाई सम्झन्छौँ । सेनाको गौरवपूर्ण इतिहाहास छ’, ओलीले भन्नुभयो ‘अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अरुले खल्बल्याएको शान्ति स्थानपामा सेनाले महत्वपुसर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस