सोमबार, ११ श्रावन २०७८

प्रचण्ड र भारतीय राजदूतबीच सुटुक्क भेटवार्ता !



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र राजदूत क्वात्राबीच खुमलटारमा भेटवार्ता भएको हो ।

प्रचण्डले बुधबार स्थायी कमिटी सदस्यहरूलाई सुनाए अनुसार भेटमा राजदूत क्वात्राले जो सरकारमा आए पनि राम्रो सम्बन्ध कायम गरेर अघि बढ्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई फोन गरेर पनि भनिसकेको भन्दै उहाँले केही ग्याप भए हटाउनुपर्नेमा जोड दिनुभएको थियो ।

पार्टीको बैठकमा प्रचण्डले भारतीय राजदुतलाई भेटेको बताएपनि यस अघि यो खबर सार्वजनिक भएको थिएन । देउवालाई प्रधानमन्त्री बनाए लगत्तै प्रचण्ड र भारतीय राजदुत बीच खुमलटारमा भएको सुटुक्कको भेटबार्तामा के के कुराकानी भए खुलिसकेको छैन । अत्यन्त्तै गोप्य राखिएको भेटबार्ता प्रचण्डले पार्टीको बैठकमा खुलासा गरेसँगै छताछुल्ल भएको छ ।

प्रतिक्रिया दिनुहोस