शुक्रबार, ०५ कार्तिक २०७८

कार्यकर्तालाई प्रचण्डको निर्देशन : ‘चुनावमा करोडौं पैसा चाँहिन्छ, बजेट आफ्नो हातमा लिनु’



काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण बजेट माओवादीको कार्यकर्ताको हातबाट खर्च गर्नुपर्ने भन्दै कार्यकर्ताहरुलाई बजेटमा ध्यान दिन आग्रह गरेका छन् । वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार काभ्रेको पाँचखालमा सम्बोधन गदै प्रचण्डले आगामी चुनाब जित्न धेरै पैसा खर्च हुने भन्दै सरकारी बजेट आफ्नै कार्यकर्ताले खर्च गर्न ध्यान दिन निर्देशन दिए । उहाँले भन्नुभयो,‘ चुनावमा दलालहरुसँग साँठगाँठ गर्नुपर्छ ,गाउँपालिकाको चुनाव हुँदा त लाखौ चाहिन्छ भने प्रदेशकाले जित्न करोड चाहिन्छ उहाँले अगाडी थप्नुभयो सम्पूर्ण बजेट हाम्रैसाथीहरुले खर्च गर्नुपर्यो ।

प्रचण्डले आफूहरुसँग मालदार मन्त्रालय रहेको भन्दै कार्यकर्ताहरुलाई नआति आग्ह गरे । प्रदेशमा तीन बटा सरकारसमेत आफुहरुसँग रहेको भन्दै प्रचण्डले सडकमा लडेकै कारण यो सब प्राप्ती भएको बताए । उनले आफ्ना विरोधीहरुलाई ढँडेर लड्न निदैृशन दिए । तपाइहरु डटेर लड्नुस् जे जे पर्छ म व्यर्होरौला प्रचण्डको भनाई थियो । ,‘बरु जेल जाने, बरु मर्ने तर कसैसँग नसहने नीति लिएर अगाडि बढ्नुस् ।’

नेताहरु बिग्रिएका कारण माओवादीसँग जनता निराश भएको भन्दै उहाँले अबको चुनामा सबै हत्कन्डा अपनाएर भएपनि पहिलो पार्टी हुनुपर्ने बताए । अबको चुनावमा पैसा बटुलेर लडौं र जिचौं त्यसपछि पैसा नचाहिने बनाउला प्रचण्डले भने ।

प्रचण्डले ०६४ को चुनावमा गर्नुपर्ने पर्ने गरेको नगर्नुपनि गरेको भन्दै त्यही कारणले पो चुनाव जितेको भन्दै अब फेरि चुनाव आउन लागेकोले ध्यान दिन कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस