सोमबार, १३ मंसिर २०७८

बलिउड अभिनेत्री प्रिती जिन्टा बनिन् जुम्ल्याहा बच्चाकी आमा



एजेन्सी । बलिउड अभिनेत्री प्रिती जिन्टाले आफु र आफ्नी श्रीमानले जुम्ल्याहा बच्चा पाएको बताएकी छिन् ।

उनले बिहिबार एक पोष्ट राख्दै आफुहरुले सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चा जन्माएको कुरा सार्वजनिक गरेकी हुन् । उनले यो कुरा सार्वजनिक गर्दै उनको यस यात्रामा साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन् ।

उनले आफना बच्चाहरुको नाम जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफ रहेको पनि खुलाएकी हुन् । उनको यस खुलासापछि उनलाई बधाईको ओईरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस