बुधबार, २० श्रावन २०७८

राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इस्लामी गणतन्त्र पाकिस्तान र अष्ट्रेलियाका राजदूतहरुले आज आआफ्ना ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा पाकिस्तानी राजदूत सैद हैदर शाह र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भल्कले प्रमाणपत्र पेश गर्नुभएको हो ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस