सोमबार, ११ श्रावन २०७८

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधाननको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परियार सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो ।
यसैबीच राष्ट्रपति भण्डारीले प्रदेश दुईको प्रदेश प्रमुखमा राजेश झा लाई नियुक्त गर्नुभएको छ ।
संविधानको धारा १६३ को उपधार (२) बमोजिम सरकारको सिफारिशमा झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस