सोमबार, १३ मंसिर २०७८

निकसँग डिभोर्स लिदैँ प्रियंका चोपडा ?



एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा निक जोनससँग डिभोर्स लिन लागेको हल्ला बाहिरिएको छ ।

अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालबाट जोनस थर हटाएपछि यो हल्ला बाहिएिको हो । विवाहलगत्तै आफनो नाममा श्रीमानको थर राखेकी उनले यो हटाएपछि हल्लाले हावा पाएको हो ।

तर अभिनेत्रीले निकको एक भिडियोमा  प्रतिक्रिया दिँदै उक्त हल्लालाई शान्त पारेकी छन् । प्रियंकाले निकको एक विज्ञापनको भिडियोमा कमेन्ट गर्दै अन्तिम समयसम्म तिम्रै अँगालोमा रहन पाउँ भनेर लेखेपछि भारतीय सञ्चारमाध्यमले पनि डिभोर्सको हल्ला गर्न छाडिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस