मंगलबार, १२ असोज २०७८

धमाधम कर्मचारी हटाउँदै रेल कम्पनी : रेल सञ्चालन थप अनिश्चित



जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर रेल सञ्चालनको सुनिश्चता नहुँदै दैनिक ज्यालादारीमा नियुक्त गरिएको कर्मचारीलाई हटाएको छ ।

तुरुन्त रेल सञ्चालन गर्नुपर्ने भएपनि बिना कारण दैनिक ज्यालादारीमा भर्ना गरिएका कर्मचारीलाई हटाउनुले रेल संचालन प्रकृया थप अनिश्चित बनाइएको स्पष्ट हुन्छ ।

तत्कालीन नेपाल रेल्वे कम्पनीका महाप्रन्धक गुरु भट्टराईले भर्ना गरेका १ सय ५० कर्मचारीलाई शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि रेल्वेको महाप्रन्धकमा नियुक्त भएका निरञ्जनकुमार झाले हटाएका हुन् ।

महाप्रन्धक झाले सूचना नै जारी गरेर तत्कालीन व्यवस्थापकले दैनिक ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीहरु काममा नखटाई आफुखुसी हाजिर गर्ने कर्मचारीलाई नेपाल रेल्वे कम्पनी लिमिटेडले कुनै प्रकारको सेवा सुविधान नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस