बुधबार, ०२ असार २०७८

राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्री बन्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गर्न लाग्नुभएको छ । जनता समाजवादी (जसपा)का अध्यक्ष महन्त ठाकुरसँगको छलफल सकिएकाले केही बेरमै मन्त्री परिषद् विस्तार हुनसक्ने छ । विस्तारित मन्त्री परिषद्मा जसपाका नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्री बन्ने हुनुभएको छ ।
यस्तै, शरतसिंह भण्डारी ऊर्जा र अनिल झा खानेपानी मन्त्र बन्ने पक्कापक्की भएको छ । नयाँ मन्त्रीहरुले आज साँझ ६ बजे शपथ लिने तय भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस