सोमबार, ११ श्रावन २०७८

सभामुखलाई राजीनामा बुझाएर बाहिरिए रावल



काठमाडौं । काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले सभामुख समक्ष राजीनामा बुझाएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा पुगेर रावलले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाउनुभएको हो । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गरेपनि पाण्डेको आग्रहलाई राववलले मानेनन् ।
सभामुख अऊनीपंसाद सापको६ालार्इ राजिनामा पत्र बुझाएर रावल बाहिरीएका छन् ।

‘केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि पद्धतिलाई आफ्नो कुत्सित एवमं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी(निरकश किसिमले काम गर्ने अनैतिक चरित्रको घणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ’, राजीनामापत्रमा रावलले भनेका छन्, ‘यस्ता विकृत तथा देश र जनताको हितविपरीतका क्रियाकलापका विरुद्ध जम्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम राजनीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे । तर, पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनस्स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपग्दा उच्च राजनीतिक नेतत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा नीजि स्वार्थ, अहं, प्रतिशोधी र षडयन्त्रकारी चरित्र एबम कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हन श्रेयष्कर भएकोले उक्त प्रकारको दषित खेलवाट आफलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’

प्रतिक्रिया दिनुहोस