सोमबार, १३ मंसिर २०७८

११ वर्षको प्रेमसम्बन्धपछि राजकुमार रावको विवाह (तस्बिरमा)



एजेन्सी । बलिउड अभिनेता राजकुमार रावले ११ वर्षको प्रेम सम्बन्धपछि प्रेमिकासँग वैवाहिक सम्बन्धमा बाँधिएका छन् । उनले प्रेमिका पत्रलेखासँग हिजो अर्थात नोभेम्बर १५ मा विवाह गरेका हुन् ।

उनले विवाहका केहि तस्बिर सार्वजनिक गर्दै आफनो खुशी व्यक्त गरेका छन् । उनको विवाह निकै सिमित व्यक्तिहरुको उपस्थितीमा सम्पन्न भएको थियो । त्यहाँ फिल्मीक्षेत्रका व्यक्तिको पनि उपस्थिती पनि थिएन ।

प्रस्तुत छ राजकुमार रावको विवाह तस्बिरमा

प्रतिक्रिया दिनुहोस