बिहिबार, १४ श्रावन २०७८

तेलुगु फिल्म पाउनै छाडेको चर्चालाई लिएर रकुलले दिईन यस्तो जवाफ



एजेन्सी । भारतीय अभिनेत्री रकुल प्रीत सिंहले तेलुगू फिल्ममा काम पाउन छाडेको चर्चालाई लिएर उनले उत्तर दिएएकी छिन् । उनले ट्विटरमा एक पोस्ट लेख्दै त्यसप्रकारको हल्लामा सत्यता नभएको बताएकी हुन् ।

वर्षमा आफूले ६ वटा तेलुगु फिल्ममा समेत काम गरिरहेको उनले बचाएकी छिन् । उनी लेख्छिन्, ‘मैले कहिल्यै यस्तो भनेको थिइनँ । वर्षमा ३६५ दिन हुन्छ र ६ भन्दा बढी फिल्मलाई मिलाउन मलाई मद्दत गर्नुहोस् ।’

सोसल मिडियामा भाइरल न्यूजमा रकुल प्रीत सिंहलाई तेलुगू फिल्मबाट अफर आउन छाडेको बताइएको थियो ।

२०१४ मा ‘यारिया’ बाट बलिउडमा डेब्यू गरेकी उनी बलिउड फिल्ममा ब्याक(टू(ब्याक काम गरिरहेकी छन् र त्यसैलाई कारण बताउँदै उनले तेलुगु फिल्म गर्न नपाएको बताइएको थियो। तेलुगूमा उनी अभिनीत फिल्म ‘चेक’ २०२० मा रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस