शुक्रबार, ०५ कार्तिक २०७८

रहेनन् हास्य कलाकार रमेश केसी : सुटिंग स्थलमै निधन



काठमाडौँ । हास्य कलाकार रमेश केसीको ६९ वर्षको उमेरमा निधन भएको छ । सुटिङको क्रममै निधन भएका उनको आइतबार नै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको कलाकार संघका जानकारी दिएका हुन् ।

हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा मोटरसाइकल नै लिएर सुटिङमा पुगेका उनी छायांकन सेटमा पुगेर केही समयपछि उहाँ बेहोस भएका थिए । लगत्तै अस्पताल पुर्याएपनि अस्पतालले मृत घोषित गरिहाल्यो ।

कलाकार रमेश केसीको अन्त्येष्टी पशुपति आर्यघाटमा गरिदैछ । वि।सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् । केसीले नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए ।

यसपछि उनले, ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस