बिहिबार, १४ श्रावन २०७८

पक्राउ परिन झाँक्री : राज्यविरुद्घ कसुर गरेको अभियोग,विथोलियो एनिर्भसरी डे



काठमाडौँ । नेकपा प्रचण्ड–माधव  समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन गर्दै हिडेकी झाँकीलाई प्रहरीले बिहीबार उनकै शंखमूलस्थित निवासबाट पक्राउ गरेको हो ।

यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । झँक्रीलाई पक्राउ गर्न विहानैदेखि सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् ।

प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् । पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

झँक्रीको आज वैवाहिक वर्षगाँठ (एनिर्भसरी डे) थियो ।पक्राउ परेसँगै झाँक्रीको एनिर्भसरी डे विथोलिएको छ । वैवाहिक वर्षगाँठको अवसरमा रामकुमारीले बिहानै एक पोस्ट सामाजिक सञ्जालमा शेयर गरेकी थिइन्। उनले लेखेकी थिइन्,

‘आज माघ २९
सोचे जस्तो हुन्न जीवन भन्ने थाहा छ
तिमी आयौँ जिन्दगीमा यसै आहा छ!
11 years of marital journey of our life…
Happy anniversary Dear loving husband

यस्तो छ दफा ५८ 

राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेः (१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि ‘संसद’ भन्नाले नेपालको संविधान बमोजिमको सङ्घीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदलाई समेत जनाउँछ।

प्रतिक्रिया दिनुहोस