बुधबार, २० श्रावन २०७८

रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको अपराध मुद्दामा पक्राउ पुर्जी



काठमाडौं । नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पक्राउ पुर्जी थमाएको छ।

बिहीबार बिहानैदेखि पक्राउका लागि सादा पोसाकका प्रहरी खटिएपनि मत्तयान्ह साढे १२ बजे पक्राउ पुर्जी लिएर प्रहरी निवास पुगेको हो ।

 

 

झाँक्रीलाई राज्यविरुद्धको अपराध मुद्दामा दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको प्रहरीले जनाएको छ। झाँक्रीले निरन्तर रुपमा राष्ट्रपति व्दिादेवी भण्डारीलाई गाली गलौज गर्दै आइरहेकी थिइन् ।

राष्ट्रपति विरुद्व निरन्तर अभिव्यक्ति दिंदै आएकी झाँक्रीलाई प्रहरीले बुधबार बोलाए पनि उनी प्रहरीकोमा नगई अझै आपत्ती जनक अभिव्यक्ति दिंदै हिडिरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस