सोमबार, ०१ कार्तिक २०७८

विवाह गर्दै रणवीर-आलिया ?



एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर प्रेम सम्बन्धमा रहेको कुरा पनि निकै समय भईसकेको छ ।

आफनो पछिल्लो समयको सम्बन्धका कारण निकै चर्चामा रहेका रणवीर कपुरले यसपाली भने प्रेमिका आलियासँग विवाह गर्र्छन् कि भन्ने हल्ला चलिरहेको छ । खासमा उनीहरु हालै भारतको जोधपुरमा साथमा देखा परेका थिए ।

उनीहरुलाई साथमा देखेपछि धेरैले उनीहरु विवाहको भेन्यु खोज्न हिँडेका हुन् कि भन्ने आँकलन गरेका छन् । जोधपुर विवाहको चर्चित गन्तव्यमध्ये एक रहेको र उनीहरुलाई साथ देखेपछि विवाहको हल्लालाई पनि हावा पुगेको छ ।

तर हालसम्म यस कुराबारे आधिकारीक पुष्टि भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस