सोमबार, ३१ जेठ २०७८

माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा भिम रावलको उपस्थिति, बादलसहित मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय



काठमाडौं । नेकपा एमालेका नेता भीम रावल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा पुगेका छन् ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा पुगेका नेता रावल केही समयपछि बाहिरिएका छन् ।

माओवादी केन्द्रले आज बिहान राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बोलाएको थियो ।
बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

 

गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा हुनुहन्छ । उहाँहरु सबैलाई एमालेले केन्द्रीय सदस्यमा मनोनित गरिसको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गर्नुभएको छ । गृहमन्त्री बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ ।

ओलीतिर लाग्नुभएका यी मन्त्रीहरुलाई माओावादी केन्द्रले २४ घण्टे स्पष्टीकरण माग गरेको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस