मंगलबार, १२ असोज २०७८

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा



मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिनुभएको छ ।खनालले मन्त्री बनेको १५ दिन नपुग्दै राजीनामा दिनुभएको हो ।

एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाउनुभएको हो ।

उहाँ एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताउनुभएको छ । चितवनबाट निर्वाचित खनाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस